वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद : रणदीप सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणदीप सी.ले वर्तमान संकटको समाधान ‘नेपाली विशेषताको समाजवाद’ भएको कुरा बताउनु भएको छ । पार्टीको पलाता गाउँकमिटी बैठकमा प्रमुख अतिथिको रूपमा प्रशिक्षण दिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

जनसम्बन्ध सुदृढ गर्न र जनस्तरमा पार्टीलाई थप स्थापित गर्नका लागि पार्टीले तय गरेको वर्तमान संरचना वैज्ञानिक रहेको कुरा समेत उहाँले स्पष्ट पार्नुभयो । पार्टीलाई जनतातिर फर्किएको पार्टी बनाउने दायित्व ३ महिनामा कडाईपूर्वक लागू गर्न बैठक सहभागीहरुलाई निर्देशन दिनुभयो ।

जरा बलियो भयो भने रुखको आयु लामो हुने उदाहरण दिँदै बलियो जरा भएको रुख जस्तो पार्टी बनाउन हैसियत यथावत रहनेगरी कामको जिम्मेवारी हेरफेर भएको  जानकारी दिनुभयो । पार्टीको तेस्रो आवाधिक योजनामा प्रभावकारी नतिजा निस्किने गरी काममा लाग्न स्थानीय नेताकार्यकर्तालाई अपिल पनि गर्नु भयो ।

गाउँकमिटी सेक्रेटेरी अनरुप सी. को अध्यक्षता, गाउँकमिटी ईन्चार्ज एवम् प्रतिनिधि सदस्य शाहासी सी. लगायतको आतिथ्यतामा बैठक सम्पन्न भएको हो । धौलागोहस्थित हस्पिटलको सभाहलमा शनिबार बैठक सम्पन्न गरिएको नेकपाका स्थानीय एक नेताले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation