नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी, नवलपरासीले नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा, लुम्बिनी प्रदेश कमिटीको कार्यक्रम अनुसार सो ज्ञापनपत्र बुझाइएको हो ।
पार्टीका जिल्ला इन्चार्ज कमल सी, सेक्रेटरी प्रताप सी लगायत जिल्लाका नेताकार्यकर्ताहरू सहित संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो । इन्चार्ज र सेक्रेटरीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्रमा राष्ट्रियता र जनजीविका सम्बन्धि मुद्दालाई समावेश गरि सम्बोधनका निम्ति ध्यानाकर्षण गराइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझाएको जनाइएको छ ।