नेकपा, रुपन्देहीले पनि बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी, रुपन्देहीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा, लुम्बिनी प्रदेश कमिटीको पूर्वघोषित कार्यक्रम अनुसार सो ज्ञापनपत्र बुझाइएको हो ।

पार्टीका जिल्ला इन्चार्ज बसन्त सी, सेक्रेटरी विरेन्द्र सी लगायत जिल्लाका नेताकार्यकर्ताहरूद्वारा र्‍यालीसहित संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको हो । जिल्ला इन्चार्ज र सेक्रेटरीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापनपत्रमा राष्ट्रियता र जनजीविका सम्बन्धि मुद्दालाई समावेश गरि सम्बोधनका  निम्ति ध्यानाकर्षण गराइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation