नेकपा, बर्दियाले जिल्ला प्रशासन कार्यालय मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, बर्दियाले बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा, लुम्बिनी प्रदेश कमिटीको पूर्वघोषित कार्यक्रम अनुसार सो ज्ञापनपत्र बुझाइएको हो ।

पार्टीका जिल्ला इन्चार्ज हिमशिखर सी.को नेतृत्व र स्थानीय नेताकार्यकर्ताहरु सहित संयुक्त रुपमा वेदप्रसाद अर्यालमार्फत ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा राष्ट्रियता र जनजीविका सम्बन्धि मुद्दालाई समावेश गरी सम्बोधनका  निम्ति ध्यानाकर्षण गराइएको छ ।

सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी निरीक्षकको समेत उपस्थिति रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला प्रशासन मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation