सी जातिको मान्यताका लागि हस्ताक्षर अभियान

काठमाडौं । सी जातिको मान्यताका लागि दबाव स्वरुप युवा संगठन नेपालद्वारा हस्ताक्षर संकलन अभियानको उद्घाटन गरिएको छ ।  पचालझरना गाउँपालिकाको धमालिबाट आज अभियान  सुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सी.ले कार्यक्रम उद्घाटन पश्चात बोल्दै नेकपाले नेपाललाई वास्तविक रुपमा सबै जातिको साझा फुलबारी बनाउन खोजेको दाबी गर्नुभयो । सामन्तवादी जाति र संस्कृतिलाई खारेज गरेर सी जाति र सी संस्कृति स्थापना गर्न सके मात्रै सबै जाति समान हुने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा, कालिकोट जिल्ला समिति सचिवालय सदस्य दिलमान सी, युवा संगठन नेपाल – कर्णाली प्रदेश ईन्चार्ज मिनेस सी,  युवा संगठनका  जिल्ला अध्यक्ष नयाराज सी, नेपाली कांग्रेसका पुर्व गाउँ समिति सभापति अजबिर तिरुवा,  एमालेका मोती तिरुवा सहित स्थानीय शिक्षक  केशव लुवार लगायत १५० जनाको हस्ताक्षर संकलन गरिएको छ ।

नेकपाको सहायक संगठन युवा संगठन नेपाल, पचालझरनाद्वारा स्थानीय नौमुले आधारभूत विद्यालयमा कार्यक्रम आयोजना  गरिएको हो । दिलमान सी.ले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नुभएको थियो । कालिकोटको शान्नी त्रिवेणी र माल्कोट गाउँपालिकामा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको युवा संगठनका जिल्ला अध्यक्ष नयराज सी ले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation