साउन दोश्रो हप्ता भेला गर्ने निर्णय सहित अखिल (समाजवादी) बर्दियाको बैठक सम्पन्न

काठमाडौं । साउन दोश्रो हप्ता भेला गर्ने निर्णय सहित अखिल (समाजवादी) बर्दियाको दोस्रो पुर्ण बैठक बबई बहुमुखी क्याम्पस गुलरियाको सभा हलमा शनिबार सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष कोपिला सीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सी. को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले शैक्षिक आन्दोलनको बारेमा महत्त्वपूर्ण निर्णय लिएको बताइएको छ । शैक्षिक रुपान्तरण तथा संगठन सुदृढ अभियानलाई भव्यतापुर्वक सम्पन्न गर्ने, स्थानीय तह र जिल्ला समन्वय इकाईमा समसामयिक शैक्षिक सवालबारे मागपत्र पेस गर्ने र प्रत्येक महिनाको पहिलो शुक्रबार सिर्जनशील क्रियाकलाप गर्ने लगायतका निर्णय गरेको छ ।

संगठनलाई व्यवस्थित परिचालन गर्न र आगामी योजनालाई प्रभावकारी लक्ष्य हाँसिल गर्न जिल्ला समितिको कार्य विभाजन समेत गरेको छ । जसनुसार बबई बहुमुखी क्याम्पस कोपिला सी र पारस सी, चुरे क्याम्पस संगीता सी, बर्दिया क्याम्पस पुनम सी र सानू सी, अमर सहिद दशरथ क्याम्पस राजापुर आर एन सी, शारदा क्याम्पस मैनापोखर सुस्मिता सी, नेरा मावी ढोडरी संदिप सी, त्रिभुवन मावि रबिना सी र चुरे मावि बग्नाहमा कमल सी रहनुभएको छ ।

बैठकमा प्रमुख अतिथि र अतिथिले समसामयिक राजनैतिक परिस्थिति र शैक्षिक सवालबारे स-विस्तार प्रशिक्षण दिनुभएको थियो । संगठनका लुम्बिनी प्रदेश इन्चार्ज मदन सी, सह-इन्चार्ज विज्ञान सी, जिल्ला इन्चार्ज हरि सी, केन्द्रीय सदस्य तथा छात्रा विभाग प्रदेश इन्चार्ज संगीता सी र बाँके जिल्ला अध्यक्ष सागर सी.को आतिथ्यतामा बैठक भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation