नेकपा, पचालझरनाद्वारा हावाले क्षति पुर्‍याएको युवा संगठन अध्यक्षको घर पुनर्निर्माण

काठमाडौं । नेकपा, पचालझरना गाउँ कमिटी – कालिकोटद्वारा युवा संगठन नेपाल कालिकोटका अध्यक्ष नयाराज सी.को घर पुनर्निर्माण गरिएको छ । शनिबार राती आएको हावाहुरीले पुर्ण रुपमा क्षति भएको घर पुनर्निर्माण गरिएको हो ।

मानवीय क्षति नभएपनि एक्कासी आएको हुरीले माथिल्लो तला पुरै उडाएपछि परिवारको बिचल्ली भएको थियो । आज नेकपा केन्द्रीय सदस्य रणदीप सी, जिल्ला सदस्य तखत सी, गाउँकमिटी सदस्य अंग सी, स्थानीय कर्मचारी अग्र ब शाही र युवा संगठन कालिकोटका अध्यक्ष नयाराज सी सहितको टोली पुनर्निर्माणमा सहभागी भएका छन् ।

पुनर्निर्माणपछि केन्द्रीय सदस्य रणदीपले विपत परेको बेलामा नेकपा पीडितको साथमा संधै रहने र जहाँ समस्या त्यहाँ नेकपा हुने धारणा राख्नु भयो । घर बनेपछि घरमा रहेकी बच्चाकी आमा तस्बिरा कठायत निकै खुसी हुँदै यस्तै विपत्तिमा परेका दु:खी गरिबहरुलाई संधै पार्टीले सहयोग गर्नुपर्ने धारणा राखेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation