जसले रगतको पानी पारी धर्ती सिंगार्‍यो

गीत
आ .. sss .. आ .. sss .. आ sss ..

जसले रगतको पानी पारी धर्ती सिंगार्‍यो

जसले धुलै मैलो भएर पनि सिर्जना उमार्‍यो

उसैलाई दलित भन्ने उसैलाई अछुत भन्ने
यो कस्तो उल्टो चलन

चिरेर हेर यो छाती हाम्रो देख्नेछौ रातो रगत

हरेक अंग चालेर हेर हुँदैन केही फरक

एउटै पुर्खाका सन्तान, कामकाज अलग-अलग छ

पसिना जसले बगाउँछ धेरै आखिर ठूलो त्यही हुन्छ

जसले रगतको पानी …

गरिबलाई फुटाई शोषकले लुट्न यो एउटा चाल रचेको

जाति र पाती केही होइन भन्ने खै त सबले बुझेको

युग बितेर गैसक्यो पुरानो बानी गा’छैन

जातिको आडमा लुट्दैछन शोषक हामीलाई केही था’छैन

जसले रगतको रगतको पानी …

गरिब हो जाति र पाती भनेर अब नलड कोही पनि

हामी त एकटै वर्गका मिलेर अब संसार हल्लाउने

छानेर मुक्तिको बाटो क्रान्तिको बाटो डटेर लडौँउला

हामीलाई लुटेर खाने जाली र झेली गाउँबाटै धपाउँला

जसले रगतको रगतको पानी …

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation