मुर्मू नयाँ राष्ट्रपति निर्वाचित

साउन, बुटवल। द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मूल्य कटाएकी थिइन् ।

उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको शपथ लिनेछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation