अनिपाल कार्कीको मार्मिक देउडा सार्वजनिक

बहुप्रतिभावान लोक-देउडा सर्जक, गायक एवं साहित्यकार अनिपाल कार्कीको शब्द रचनामा पहिलो लाइभ देउडा गीत सार्वजनिक भएको छ ।

 

बिहिवार दुर दर्पण लाईभ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत बिपना सिंह र नकेन्द्र रोकायको आवाजमा सार्वजनिक भएको हो ।

“Narendra Rokaya” युटुब च्यानलबाट  सार्वजनिक गरिएको यो गित नौलो भने पक्कै पनि होइन । स्थानीय रूपमा कार्कीले दर्जनौं बढी लाईभ देउडा गाइसकेका छन् ।

उनको गजल , कविताको त लेखाजोखा नै छैन् । उनका गजल, कविता दिनहुँजसो विभिन्न अन्लाईन मार्फत सार्वजनिक भएकै हुन्छन् ।

 

 

कर्णाली प्रदेशको विकट जिल्ला मुगुको खत्याड – ११ मा जन्मेका कार्की घरका कान्छा छोरा हुन् । ऊनी सानैदेखि अलि चञ्चल र मायालु स्वभावका थिए । सबैप्रति समान व्यवहार र सहयोगी भावना भएका कार्कीले समाजमा आफ्नो छुट्टै खालको पहिचान स्थापित गरेका छन् ।

 

 

विकट ठाउँमा जन्मिएका ऊनी लेखनमा मात्रै होइन गायन क्षेत्रमा पनि आफुलाई अब्बल रूपमा स्थापित गर्न चाहान्छन् । केहि समयपछि आफ्नै शब्द र स्वरमा समेत गीत सार्वजनिक गर्ने योजनामा रहेको उनले बताए ।

 

अहिले आफू पेसाले सर्वे इन्जिनियरिङ (अमिन) भएतापनि सानैदेखि गीत-सङ्गीत र साहित्यप्रति निकै रुचि भएको उनी बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation