काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी.ले उत्पीडित वर्ग – समुदायले राजनीतिमा दोब्बर मेहनत गर्नुपर्ने बताउनु भएको छ । उत्पीडित समुदायका अग्रजहरु राजनीति र सत्तामा नभएका कारण मुक्ति र सत्ता प्राप्तिका लागि उक्त मेहनत गर्नुपर्ने उहाँले बताउनु भएको हो ।
बुद्धनगर काठमाडौंस्थित मोर्चाको कार्यालयमा आयोजित श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समितिको बैठकमा प्रमुख अतिथिको रुपमा प्रशिक्षण दिँदै उहाँले सो कुरा बताउनु भएको हो । क्रान्ति भनेको सम्भावना र चुनौती ल्को संयोजन भएको हुँदा सशक्त रुपमा अगाडि उत्साही भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
क्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र बिस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि सांगठनिक काम गर्न सबैलाई निर्देशन समेत दिनुभयो । आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी/सहकार्यलाई अगाडि बढाउनुपर्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।
बैठकका अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सी.ले कम्युनिस्ट पार्टी सदस्य All time alert and available (जतिबेला पनि सतर्क र उपलब्ध) हुनुपर्नेमा जोड दिनुभएको छ । क्रान्तिको उत्कर्षको निकट रहेको समय भएको हुनाले यतिबेला सबैले द्विविधामा नपरी काम गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उत्पादन, संगठन र संघर्षलाई एकसाथ अगाडि बढाउन सकेमात्रै मुक्ति आन्दोलन सशक्त बनाउन सम्भव हुने कुरा समेत उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी मोर्चा कार्यालय सदस्य तथा नेकपा प्रतिनिधि सदस्य गोपाल सी.ले पनि प्रशिक्षण मूलक मन्तव्य राख्नुभयो ।
प्रदेश इन्चार्ज पदम सी.को अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । उत्पादन र व्यवसायका निम्ति कार्यविभाजन ठोस गरिएको छ । सूचना, संचार तथा प्रकाशन सम्बन्धि कामलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको छ । ललितपुर लगायत विभिन्न जिल्लामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भइरहेका छुवाछूत र विभेद विरुद्ध उपयुक्त संघर्ष गर्ने लगायत निर्णय बैठकले गरेको छ ।