श्रमिक समुदाय मोर्चा नेपाल, भक्तपुरको बैठक सम्पन्न

    1. काठामाण्डौ।श्रमिक समुदाय मोर्चा नेपाल, भक्तपुर जिल्ला समिति को बैठक आज सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माले जातीय, वर्गीय लगायत सबै उत्पीडनको अन्त्यका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए ।मोर्चाका महासचिव त्रिलोचन, नेकपा भक्तपुर जिल्ला सेक्रेटरी विजय र मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक विक्रम लगायत बैठकका अतिथिहरुले उत्पीडित – श्रमिक वर्गको मुक्तिका निम्ति व्यवस्था बदल्नुपर्ने कुरा स्पष्ट गरे । संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापनाका निम्ति सबै लाग्नुपर्ने कुरा बताए । बैठकले असोज १ गते काठमाण्डौमा हुने नेकपाको नवौं महाधिवेशन उन्मुख अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation