त्रिवि परिक्षा नियन्त्रक पुष्पराज जोशी लगायत केही कर्मचारीहरूले राजनीतिक शक्तिकेन्द्रको आधारमा त्रिवि लाई धोस्त बनाएको अखिल (समाजवादी ) का अध्यक्ष नरेन्द्र सी ले भन्नुभएको छ् ।
सोमबार त्रिविमा गरेको प्रदर्शन कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सीले सो कुरा भन्नुभएको हो ।
लाखौं विद्यार्थीको भविष्य बोकेको एकमात्र पुरानो विश्वविद्यालय त्रि वि विभिन्न राजनीतिक भागबन्डाले गर्दाअहिले फोहोरको डङ्गोल बन्नपुगेको उहाँको दाबी छ ।
परिक्षा दिएको १ वर्ष पछि करिब ३७५ बढी विद्यार्थीका उत्तरपुस्तिका हराएको घटना बाहिरिए पछि प्रत्यक्ष संलग्न प.नि पुष्पराज जोशीसहित ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको अध्यक्ष सीले बताउनुभयो ।
सयौं विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने परिक्षा नियन्त्रक लगायत गैरजिम्मेवार कर्मचारीलाई त्रिविले कार्वाही नगरे अखिल (समाजवादी)ले कार्वाही गर्ने चेतावनीसमेत दिनुभएको छ् ।
सभालाई सम्बोधन गर्दै संगठनका उपाध्यक्ष ललित सीले विगत साल देखि त्रि वि मा अड्डा जमाएर बसेका पुष्पराज जोशीले त्रि वि लाई आफ्नो अनुकलतामा चलाएको आरोप लगाउनु भएको छ् ।
विभिन्न ठाउँका त्रिवि आङ्गिक क्याम्पस बाट परिक्षा दिएका सयौं विद्यार्थीको उत्तरपुस्तिका हराएपछी आफुहरुले सांकेतिक स्वरूप कार्वाहीको माग सहित प्रदर्शन गरेको बताउनुभयोको हो ।
पटकपटक विद्यार्थीका उत्तरपुस्तिका हराउने,समयमा परिक्षा नगराउने, रिजल्ट प्रकाशनमा ढिलासुस्ती गर्ने जस्ता कार्यले लाखौं विद्यार्थीको भविष्यलाई अन्यौलता बनाएको र अब यस्ता हर्कत नदोहोर्याउन चेतावनीसमेत दिनुभएको छ।
कार्यक्रमको सहजीकरण गर्दै अखिल समाजवादीका महासचिव प्रकाश सीले विद्यार्थीको भविष्य माथि खेलबाड गर्ने प.नियन्त्रक पुष्पराज जोशी लाई कुनै पनि हालतमा कार्वाही गर्ने र कार्यालय प्रवेशमा रोक लागाउने चेतावनी दिनुभएको छ ।
सयौंको उपस्थितिमा परिक्षा नियन्त्रकको कार्यकक्ष बाट सुरु भएको प्रदर्शन त्रिवि गेटमा कोणसभा गर्दै कार्यक्रम सप्पन्न भएको छ् ।