मोर्चाको सुन्दर-शान्ति टोल भेला सम्पन्न

बुटवल। रुपन्देही जिल्लाको बुटवल उप-महानगर पालिका वडा नम्बर ९ स्थित सुन्दर-शान्ति नगर टोलमा आज श्रमिक समुदाय मोर्चा नेपालको सेल कमिटी भेला सम्पन्न भएको छ । भेलाले नेपाल कम्युनिस्ट पार्टीको असोज १ गते काठमाडौंमा हुने नवौं महाधिवेशन लक्षित राजनैतिक-वैचारिक, सांगठनिक, आर्थिक लगायत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी स्थानीय स्तरमा हुने जातीय र वर्गीय विभेदका विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय समेत भेलाले गरेको छ । मोर्चाका केन्द्रीय सदस्य सरिता बराह, नेकपा रुपन्देही जिल्ला सदस्य खगेन्द्र पौडेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का रुपन्देही जिल्ला सदस्य हेमन्ती चौधरी लगायतले समग्र मुक्तिका निम्ति दलाल संसदीय व्यवस्था बदल्नुपर्नेमा जोड दिदै मन्तव्य व्यक्त गरे । भेलाले पार्वती बिकको अध्यक्षतामा ९ सदस्यीय सुन्दर-शान्ति नगर सेल कमिटी समेत गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation