पार्टीको जिम्मेवारी बढेको छ – विप्लव सी

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले पार्टीको जिम्मेवारी अझै बढेको बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालय सदस्यहरुको जुम बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले आज सो कुरा बताउनु भएको हो ।

    धर्म, राजनीति, एनजीओ, अनुदान लगायतको माध्यमबाट अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै गएको कुरा उहाँले स्पष्ट पार्नुभयो । ओली सरकार कै पालामा सबै क्षेत्रलाई प्रभावमा पारेर एसपीपी पास गर्ने योजनामा अमेरिकी साम्राज्यवाद लागि परिरहेको समेत उहाँले बताउनु भयो ।

त्यसैगरी उत्पीडित वर्ग, समुदायमाथि नयाँनयाँ तरिकाले उत्पीडन भइरहेको हुँदा त्यसका विरुद्ध सशक्त संघर्षमा जुट्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । वैदेशिक हस्तक्षेप र वर्गसंघर्ष एवम् जातीय उत्पीडन बढ्दै गइरहेकोले पार्टीको जिम्मेवारी बढिरहेको स्पष्ट पार्नुभयो ।

बैठकले मोर्चाको छैठौं पूर्ण बैठकले ठोस गरेका आवधिक योजनाहरुलाई थप कार्यान्वयनका निम्ति जोड गर्ने निर्णय गरेको छ । एनजीओ र अभियान्ताहरुले उत्पीडित वर्ग, समुदाय माथी पारेको भ्रम चिर्नका निम्ति संघर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

      उत्पीडित वर्ग, समुदायको अधिकार हनन गर्ने गरि भएका पछिल्ला हर्कत विरुद्ध एकल र संयुक्त छलफल, अन्तरक्रिया र संघर्ष गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठक मोर्चाका अध्यक्ष रामलाल सी.को अध्यक्षता र सचिवालय सदस्यहरुको सहभागितामा सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation