
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतिको आमाप्रति श्रमिक समुदाय मोर्चा नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । मोर्चाका अध्यक्ष रामलाल सी सहित केन्द्रीय सदस्यहरु घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो ।



आहुतिकी आमा कान्छी अछामीको चन्द्रागिरी १४, नयाँ नैकाप स्थित आफ्नै घरमा १९ गते बिहान ९० बर्षको उमेरमा निधन भएको हो । एक बर्ष अगाडिबाट अक्सिजन कमीका कारण आमालाई कृत्रिम अक्सिजनको व्यवस्थापन गरेर घरमै राखिएको थियोे ।

आमाले ४ छोरी र ३ छोरा गरी ७ जना सन्तानलाई जन्म दिनुभएको थियो । जसमध्ये ३ छोरीहरूको पनि निधन भइसकेको छ । आहुतीका ३ दाजुभाइ राजनीति र व्यवसायमा क्रियाशील हुनुहुन्छ भने दिदी अविवाहित घरमै हुनुहुन्छ ।
कान्छा छोरा विश्वभक्त दुलाल (आहुती) गर्भ मै हुँदा बुवा राधाकृष्ण दुलालको २४ साल मै निधन भएको हो । आमाले संघर्ष गरेरै छोराछोरीहरुको राम्रो लालनपालन र शिक्षादीक्षा गर्नु भएको थियो ।









