
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सी.ले राज्य असफल भएको आर्थिक क्षेत्रमा हो भन्नुभएको छ । पार्टी निकटको नवयात्रा बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले सो कुरा भन्नुभएको हो ।

उहाँले जनतालाई पैसा कमाउन र बचत गर्न सिकाउनु पर्नेमा जोड दिनुभयो । माओवादीले क्रान्तिको यात्रामै आर्थिक क्षेत्रमा अभ्यास गर्दै जानुपर्ने र सत्ता आएपछि पूर्ण विकास गर्नुपर्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।

साधारण सभाले हर्क बिक अध्यक्ष , तारा सञ्ज्याल सचिव, ममता रुचाल कोषाध्यक्ष, हरिचन्द्र आचार्य लगायत सदस्य रहेको कार्यसमिति समेत पुनर्निवाचित गरेको छ । कार्यक्रम बसुन्धारा-काठमाडौं स्थित गोधुली फुडल्यान्डको सभाहलमा हर्क बिकको अध्यक्षता, सुदर्शन मंगोलको स्वागत र तारा सञ्ज्यालको सञ्चालनमा सम्पन्न भयो ।











