
काठमाडौं । संयुक्त Gen-Z आन्दोलन र नेकपा (माओवादी) बिच सहमति भएको छ । आन्दोलनका संयोजक मिराज ढुंगाना र माओवादीका महासचिव विप्लव बिच आज काठमाडौंमा ४ बुँदे सहमति भएको हो ।



माइतीघर मण्डलामा आयोजना गरिएको एक कार्यक्रममा दुबै पक्षले हस्ताक्षर गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । आन्दोलन घोषणा कार्यक्रममा विप्लवले जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम नगरेको बताएका छन् । सर्वपक्षीय सरकार, संविधानको संशोधन, राज्य पुनर्संरचना र राष्ट्रिय सहमतिमा विप्लवले जोड दिएका छन् ।

त्यसगरी संयुक्त जेन-जी आन्दोलनका संयोजक मिराज ढुंगानाले व्यक्ति, पात्रमा मात्र समस्या नभई संविधान र सिस्टम मै समस्या रहेको बताएका छन् । सर्वपक्षीय सहमति नै अबको राष्ट्रिय निकास हो भन्नेमा ढुंगानाले जोड दिएका छन् ।

सहमतिको पूर्ण पाठ :
संयुक्त Gen Z आन्दोलन र नेकपा (माओवादी) बिच सहमति :
Gen Z. विद्रोह र त्यसपछिको देशको विषम परिस्थितिमा हामी दुई पक्षविच निम्न विषयमा सहमति गर्दैछौं ।
१) सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने।
२) Gen Z विद्रोहका मागहरु पुरा गर्न संघर्ष गर्ने ।
>३) आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने ।
४) यी माग हरु पुरा गर्न संयुक्त रुपले संघर्ष गर्ने ।
मिराज ढुंगाना
संयोजक, संयुक्त Gen Z आन्दोलन
विप्लव सी
महासचिव, नेकपा (माओवादी)












