रुपन्देहीमा युबकमाथी गोलि प्रहार

बुटवल । रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले गोली प्रहार गरेको प्रहरिले जना एको छ । प्रहरीका अनुसार मोटरसाइकलमै सवार गुरुङमाथि गोली हानेका थिए।

पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation