लिभरपुल जोगियो हारबाट

काठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १९० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।
यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे ।
खेलको ६१औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । लगातार दोस्रो बराबरसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २९२ को बराबरीमा रोकिएको थियो ।
यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation