पाल्पामा पनि मोर्चाले बुझायो ज्ञापनपत्र

पाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले आज पाल्पा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले आज देशभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज धिरेन्द्रा उपाध्यायको नेतृत्वमा मोर्चाले ज्ञापनपत्र बुझाए जानकारी प्राप्त भएको छ ।

तत्कालीन केपी ओलीको सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग गरेको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एमसीसी सम्झौता, महङ्गी र भ्रष्टाचारको विरुद्ध मोर्चाले दोस्रोपटक चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । अघि साउन १० देखि २१ गतेसम्म मोर्चाले विरोधका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।  संयुक्त संघर्षका कार्यक्रमहरु यस प्रकार छन:
१) भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
२) भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा,
३) भाद्र ६ गते देशव्यवपी मशाल जुलुस,
४) भाद्र ७ गते नेपालबन्द

संयुक्त प्रेस वक्तव्यको पूर्णपाठ
आज मिति २०७९ साउन २७ गते हामी चार कम्युनिष्ट पार्टीको बैठक बसी देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा संघर्ष गर्न निम्न निर्णयहरु गरेका छौं । संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छौं ।
१. हामी चार कान्तिकारी कम्युनिष्ट पार्टी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव क विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ध संघर्षको कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्पष्टै छ । तर यो दलाल सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रिया विहीन भएर बसिरहेको छ । राज्यको यो रवैयाको हामी कडा रुपले निन्दा गर्दछौ र यथासिघ्र एमसीसी र एसपीपी, पक्राउ पुर्जी र झुट्टा मुद्दाको खारेजी, सम्पूर्ण बन्दी कमरेडहरुको रिहाई र आकाशिदो महंगी नियन्त्रण गर्न माग गर्दछौ ।
२. राज्य आतङ्क राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामीसंग जनजागरण, जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प छैन । तसर्थ राज्य गलत बाटोमा हिड्ने जुन मूर्खता गरिरहेको छ त्यसलाई रोक्न चार कम्युनिष्ट पार्टीले जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेका छौं । घोषित जनसंघर्षका कार्यक्रमहरुलाई पूर्ण सहयोग र समर्थन गरी जनविरोधी राज्यको हर्कतलाई परास्त गर्न हामी सम्पूर्ण प्रगतिशील, वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुलाई हार्दिक आग्रह गर्दछौं ।
३ जनताका मुद्दाहरुको बेवास्ता गरिएमा थप सशक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने जानकारी पनि यसै वक्तव्य मार्फत सार्वजनिक गर्दछौ ।
संघर्षका कार्यक्रमहरु :
– श्रावण २७ गते संघर्षका कार्यक्रमहरुको घोषणा,
– भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने,
– भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा,
– भाद्र ६ गते देशव्यापी मशाल जुलुस,
– भाद्र ७ गते नेपाल बन्द ।
२७ श्रावण, २०७९
विप्लव : महासचिव – नेपाल कम्युनिस्ट पार्टी
ऋषि कट्टेल : अध्यक्ष – नेपाल कम्युनिस्ट पार्टी
आहुती : महासचिव – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल
कर्णजित बुढाथोकी शुसिल’ : अध्यक्ष – नेकपा माओवादी समाजवादी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation