एमसीसी, एसपीपी र पक्राउ पुर्जीकाविरुद्ध विप्लव नेकपासहित चार पार्टीद्धारा भाद्र ७ गते नेपालबन्दको घोषणा

काठमाडौं ।विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले एमसीसी, एसपीपी र पक्राउ पुर्जीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारको राज्यआतंक खासगरी विप्लव नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरुमाथि जारी गरेको पक्राउ पुर्जीका विरुद्ध चार पार्टीले आक्रामक संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

आज नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, नेकपा अध्यक्ष ऋषि कट्टेल र नेकपा माओवादी (समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त विज्ञेप्ती जारी गरेर यस्तो चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

चार पार्टीले साउन २७ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्दै भाद्र ७ गते नेपालबन्दको कार्यक्रम समेत घोषणा गरेका छन् ।

आफ्नो आन्दोलनका कार्यक्रमलाई सफल पारिदिन चार पार्टीले सबैमा हार्दिक आग्रह समेत गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation