कांग्रेसका नेता प्रदीप गिरीको निधन श्रद्धाञ्जली दिन पुगे नेताहरू मेडिसिटी

काठमाडौं । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता प्रदीप गिरीको उपचारका क्रममा गएराति भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।
गिरीलाई श्रद्धाञ्जली दिन नेताहरू अहिले मेडिसिटी अस्पताल पुगेका छन् ।

 

पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतका नेता तथा मन्त्रीलगायत अन्य दलका नेता साथै आफन्त शुभचिन्तक अस्पताल परिसरमा भेला भएका छन् ।
उनको पार्थिव शरीरमा फूलमाला लगाउनुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा नेताहरूले गिरीको योगदानको स्मरण गरेका छन् ।
साढे ११ बजे देखि २ बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिनेछ ।
त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation