बन्दको पूर्वसन्ध्यामा देशभर मोर्चाको मसाल जुलुस

पाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी पाल्पाको सदरमुकाम तानसेन, सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान बजार, रिब्दिकोट, रैनादेवी छहरा लगायत स्थानमा मोर्चाले मसाल जुलुस गरेको छ । तानसेनमा भएको जुलुसमा नेकपा पाल्पा जिल्ला इन्चार्ज धिरेन्द्रा उपाध्यक्ष र दोभानमा भएको जुलुसमा नेकपा पाल्पा जिल्ला सचिवालय सदस्य निशान बिकले सम्बोधन गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टीसंगको ३ बुँदे सहमति अनुसार शेर बहादुर देउवा सरकारले बन्दी रिहाई र झुठा मुद्दा  खारेज नगरेको, देउवा सरकारले दिन प्रतिदिन राष्ट्रघात गर्दै गएको, मूल्यवृद्धि आकाशिएको लगायत विरोधमा मोर्चाले भदौ १ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएको छ ।

मोर्चाले भदौ ७ गतेको बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गरेको जानकारी नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला सेक्रेटरी मीन ब आलेले दिएका छन् । परमादेशको देउवा सरकारले जनादेश विपरीत एमसिसी पास गरेको, एसपिपी पास गर्ने तरखरमा लागेको विषयमा मोर्चाले विरोध विरोध जनाउँदै आएको छ । 

विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले एमसीसी, एसपीपी र पक्राउ पुर्जीका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सरकारको राज्यआतंक खासगरी विप्लव नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरुमाथि जारी गरेको पक्राउ पुर्जीका विरुद्ध चार पार्टीले आक्रामक संघर्षका कार्यक्रम घोषणा गरेको हो नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, नेकपा अध्यक्ष ऋषि कट्टेल र नेकपा माओवादी (समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त विज्ञेप्ती जारी गरेर यस्तो चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

चार पार्टीले साउन २७ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्दै भाद्र ७ गते नेपालबन्दको कार्यक्रम समेत घोषणा गरेका छन् । आफ्नो आन्दोलनका कार्यक्रमलाई सफल पारिदिन चार पार्टीले सबैमा हार्दिक आग्रह समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation