९ सेकेण्डमै ढले ४० तले २ वटा टावर

पाल्पा। ३७ सय किलाे विस्फाेटक पदार्थ प्रयाेग गरे भत्काइयाे नाेयडाका ‘ट्विन टावर’भारतकाे नाेयडाकाे सेक्टर ९३ ए मा रहेकाे अवैध रूपमा बनाइएकाे विवादास्पद ट्विन टावर भत्काइएकाे छ । झन्डै ३७ सय किलाे विस्पाेटक पदार्थ प्रयाेग गरेर ९ सेकेन्डमै ट्विन टावर भत्काइएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।
एपेक्स र केएन नाम गरेकाे टावरलाई सुपरटेक बिल्डरले बनाएकाे थियाे । ३० तले यी भवनलाई ट्विन टावर भनिन्थ्याे । यसकाे उचाइ तीन सय २० फिटभन्दा धेरै थियाे ।


यी भवन भारतमा भत्काइएकाे सबैभन्दा ठूलाे भवन थियाे । याे नाेयडाकाे बाक्लाे बस्ती रहेकाे क्षेत्रमा थियाे ।
सावधानी अपनाउँदै यी भवन नजिककाे समुदायमा रहने मानिसलाई घरबाट खाली गराइएकाे थियाे ।

नोयडा अथाेरिटीका अनुसार यी टावर भत्काइएपछि पर्यावरण संरक्षणकाे उद्देश्यबाट प्रभावित क्षेत्रहरूमा सडक, फुटपाथ, रुखबिरुवाकाे सफाइका लागि पानी ट्याङ्कर, मेकानिकल स्वीपिङ मेशिन र सफाइ कर्मचारी खटाइएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation