तीनबुँदेका कारण महाधिवेशन स्थगित, छिट्टै सुरु हुने

बुटवल । नेपाल कम्युनिष्ट पार्टीले महाधिवेशन स्थगित हुनुको मुख्य कारण तिनबुद्वे सहमति विरूद्वको प्रतिकुल वातावरण भएको बताएको छ ।

महासचिव विप्लव लगायत पार्टीका नेताहरू विरूद्व ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्नु नै ९ औं महाधिवेशन निर्धारित मितिमा सुरू गर्न नसक्नुको मुख्य कारण भएको प्रवक्ता प्रकाण्डले बताए । अब असोज १ बाट महाधिवेशन गर्ने भन्यौं प्रतिकुल वातावरणले गर्न सकेनौं, लगत्तै दशैं आइसक्यो, गाडी पाउन पनि मुस्किल हुने भयो । त्यसैले केही समयको लागि स्थगित मात्र भएको कुरा प्रवक्ताले बताए ।

पछिल्लो समय महादिवेशन केही समयका लागि स्थगित भएको विषयमा पार्टी, क्रान्ति र लिडरसिप विरोधी तत्वहरूले नकारात्मक प्रचार गरेर भ्रम फैलाएको भन्दै कोही पनि भ्रममा नपर्न प्रवक्ताले सबैलाई आग्रह गरे ।

क्रान्तिकारी पार्टीले आफ्नो महाधिवेशन नगर्नु पर्ने र सार्नु पर्ने कुनै कारण नभएको स्पष्ट पार्दै समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको मात्रै हो उनले भने ।

महाधिवेशनको सम्पूर्ण तयारी पुरा गरेका र अहोरात्र खटिएका सिंगो पार्टी पंक्तिलाई स्थगितको सुचनाले मनोभावनामा असर पारेको पक्कै नै होला, हामी धैर्यवान बनौं, छिट्टै महाधिवेशन पार्टीले सुरू गर्नेछ । उपयुक्त समय हेरेर मिति तय गरिनेछ भनेर प्रकाण्डले स्पष्ट पारे । एउटा क्रान्तिकारी पार्टीको महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने भएकाले पनि अति महत्त्वका साथ हेरिरहेको छ ।

महाधिवेशनले अहिलेको साम्राज्यवादको नयाँ व्यवस्था देखी सर्वहारा वर्गको सत्ता प्राप्ति पछि टिकाउन नसकिनुको मुख्य कारण विचार दर्शनका दृष्टिकोणले कहाँ अभाव रहन गयो भन्ने नयाँ विश्लेषण गर्ने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation