मन्दिर प्रवेश गर्दा दलितमाथि कुटपिट मोर्चाले गर्‍यो कडा विरोध

पाल्पा । मन्दिर प्रवेश गरेको भन्दै दलित व्यक्ति माथि निर्घात कुटपिट भएको घटनाप्रति श्रमिक समुदाय मोर्चाले एक विज्ञप्तीमार्फत कडा विरोध जनाएको छ ।  मोर्चा सुदुरपश्चिम समन्वय समितिका संयोजक मधुसूदन राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कडा कार्वाही गर्न माग गरिएको छ । पीडितले उचित न्याय नपाए मोर्चाले कडा संघर्ष गर्ने समेत चेतावनी दिएको छ ।

मंगलबार त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न गइरहेका बेला बुढीगंगा नगरपालिका ५ नुवाघर घर भई भिमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने टेकेन्द्र सुनारमाथि निर्घात कुटपिट भएको प्रहरीले जनाएको छ ।

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले बताएका छन् । कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको डिएसपी थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation