नेकपाको महाधिवेशनमा राजनैतिक तथा विधान प्रतिवेदनमाथि छलफल सुरु

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा नेकपाद्वारा प्रस्तावित राजनैतिक तथा विधान प्रतिवेदनमाथि  समूहहत छलफल सुरु भएको छ । २० वटा समूह विभाजन गरेर छलफल सुरु गरेको नेकपाले बताएको छ । समूह विभाजनको घोषणा पार्टी प्रवक्ता प्रकाण्डले गर्नु भएको छ ।

कार्यक्रम हलको वरपर तथा तलमाथि बसेर २० वटा समूहहरुले राजनैतिक प्रतिवेदन, विधान र जातीय प्रस्तावमाथि छलफल गरिरहेका छन् । समूह छलफलमा पार्टीका केन्द्रीय सदस्यहरुले सहजीकरण गर्ने नीति बनाइएको छ । महाधिवेशनको बन्दसत्रमा पार्टीको तर्फबाट महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन, विधानको प्रस्ताव र सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम) ले पेश गरेको जातीय प्रस्तावका विषयमा समूह छलफल भइरहेको छ ।

प्रत्येक समूहमा करिब २५ जना बराबरको सदस्य संख्या तोकिएको छ । २० वटा समूहले आ-आफ्नो समूहबाट एउटा समूह नेता चयन गरेका छन् । सामुहिक छलफलकाे निष्कर्ष, सल्लाह, सुझावहरु समूह नेताहरुले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने नेकपा श्रोतले जनाएको छ । समूह विभाजनमा जिल्ला, विभाग, मोर्चा स्वयमसेवक, जवस, विदेश विभाग, प्रवास, कलाकार लगायतका विभिन्न क्षेत्रका प्रतिनिधि पर्यवेक्षकहरुलाई राखिएको छ । महाधिवेशनको बन्दसत्रमा छलफलमा भाग लिने कुल प्रतिनिधि पर्यवेक्षकहरु ५६० जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation