पाल्पामा नेकपाको चक्काजाम सम्पन्न

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी, पाल्पाले आज सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको पाल्पा जिल्ला सेक्रेटरी मीन बहादुर सीले बताएका छन् ।

दिनको १० देखि ११ बजेसम्म सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिकाको पानीमिल भन्ने स्थानमा १ घण्टा चक्काजाम गरिएको हो । सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज भृकुटी सी, जिल्ला सेक्रेटरी मीन ब. सी, मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष गगन सी लगायतको उपस्थिति रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीसंगको ३ बुँदे सहमति अनुसार जेल हिरासतमा रहेका नेकपाका नेताकार्यकर्ता रिहा गर्न र झुठा मुद्दा खारेज गर्नका लागि सरकारले अध्यायदेश मार्फत प्रक्रिया अगाडी बढाएकोमा विभिन्न क्षेत्रबाट अनावश्यक विरोध आएपछि नेकपाले यसकिसिमका संघर्षका कार्यक्रमहरु गर्नुपरेको बताइएको छ ।
नेकपाको पूर्वघोषित कार्यक्रमहरु:
– पुस १ गते देशव्यापी विरोध प्रदर्शन
– पुस २ गते देशव्यापी कोणसभा
– पुस ३ गते देशव्यापी अन्तरक्रिया
– पुस ४ गते देशव्यापी मसाल जुलुस
– पुस ५ गते देशव्यापी दिनको १० देखि ११ बजेसम्म चक्काजाम ।
राज्यले ३ बुँदे सहमति अक्षरस कार्यान्वयन नगरे थप संघर्षका कार्यक्रम गर्ने नेकपाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation