वैज्ञानिक समाजवाद स्थापनाका निम्ति पत्रकारितालाई माध्यम बनाउनुपर्ने

काठमाण्डौश्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य रामलाल सी.ले अहिलेको जनविरोधी दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका निम्ति पत्रकारितालाई पनि माध्यम बनाउनुपर्ने बताए । मोर्चाको केन्द्रीय प्रकाशन विभागले आज काठमाण्डौमा आयोजना गरेको पत्रकारिता सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै सी.ले सो कुरा बताएका हुन् ।

मोर्चा प्रकाशन विभागका सदस्यहरुलाई पत्रकारिताको आधारभूत ज्ञान दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समाचार लेखन, पत्रकार आचारसंहिता लगायत विषयमा अभिमुखीकरण गरिएको हो ।  एकदिने उक्त कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्य शोभराज बराल, लेखक तथा पत्रकार जेबी बिक, मोर्चा प्रकाशन विभागका केन्द्रीय अध्यक्ष निशान सी. लगायतले अभिमुखीकरण गरेका हुन् ।

कार्यक्रममा मोर्चाका केन्द्रीय महासचिव त्रिलोचन सी.ले परिवर्तनका निम्ति पत्रकारितालाई अनिवार्य अवलम्बन गर्नुपर्ने बताए । मोर्चाका केन्द्रीय प्रकाशन विभाग प्रमुख निशान सी. को अध्यक्षता र मोर्चा केन्द्रीय सचिवालय सदस्य विक्रम सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रकाशन विभागका १२ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation