माघ २ गते राष्ट्रिय शोक विदा

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनापछि ठुलो जनधनको क्षति भएका कारण सरकारले माघ २ गते राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको छ । बालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषदको बैठक पश्चात उक्त विदा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन् ।

आइतबार करिब ११:३३ बजे पोखराको मितेरी पुल नजिकै सेती नदी खोंचमा यति एयरलाइन्सको 9 एन एटीआर 72 विमान दुर्घटना भएको हो । काठमाडौंबाट १०:३० बजे ६८ यात्रु र चालक दलसहित ७२ जना सवार उक्त विमान अवतरणको केही सेकेन्ड अगाडि दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जनाको जीवित उद्दार गरिएको छ । हालसम्म ३६ वटा शव निकालिएको बताइएको छ । यति एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

त्यसगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस वक्तव्यमार्फत उक्त दुर्घटनामा दु:ख व्यक्त गरेको छ । नेपालमा बर्सेनि विमान दुर्घटना हुँदा समेत सो क्षेत्रको चुस्त व्यवस्थापन हुन नसक्नु गम्भीर समस्याको विषय हो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation