मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण

मोर्चाद्वारा श्रद्धाञ्जली अर्पण
पोखरा । माघ १ गते पोखरामा यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरु प्रति श्रमिक समुदाय मोर्चा गण्डकी प्रदेशले श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका ५ जना श्रमिक समुदायका नागरिक सहित सबैमा श्रद्धाञ्जली व्यक्त गरेको हो ।

मोर्चाका गण्डकी प्रदेश इन्चार्ज उमेश सिके र संयोजक कुमार परियारद्वारा हस्ताक्षरित विज्ञप्तीमा दुर्घटनामा ज्यान गुमाएका परिवार र आफन्तजन प्रति समवेदना समेत प्रकट गरिएको छ । नेपालमा पटकपटक विमान दुर्घटना दोहोरिनु निकै दु:खद विषय हो र त्यस प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस् भनी विज्ञप्तीमार्फत आग्रह समेत गरिएको छ ।

आइतबार करिब ११:३३ बजे पोखराको मितेरी पुल नजिकै सेती नदी खोंचमा यति एयरको एटीआर ७२ विमान दुर्घटना भएको हो । काठमाडौंबाट विहान १०:३२ बजे ६८ यात्रु र चालक दलसहित ७२ जना सवार उक्त विमान पोखरा विमानस्थलमा अवतरणको केही सेकेन्ड अगाडि दुर्घटना भएको हो ।

दुर्घटनामा हालसम्म ६८ वटा शव फेला परेको छ जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले दिएका छन् । दुर्घटनामा श्रमिक समुदायका ५ जना; हरि परियार, लक्ष्मी परियार, रीता परियार, बन्दना सुनार र शिशु कृष परियारसहित ६८ ज्यानले गुमाएको कुरा पुष्टि भइसकेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation