नेकपा, केन्द्रीय समितिको बैठक सम्पन्न

नेकपा, केन्द्रीय समितिको बैठक सम्पन्
बुटवल। नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ ।
कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा गत मङ्गलबारदेखि शुरु भएको बैठक आज सम्पन्न भएको हो ।
बैठकमा समापन मन्तव्य व्यक्त गर्दै महासचिव विप्लवले नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको बताए । पार्टीले त्यो कार्यभार पूरा गर्न सहि विचार, योजना र नीतिले मात्रै सम्भव हुने भन्दै एकपटक सम्पूर्ण केन्द्रीय समिति र पार्टी साहसपूर्वक लाग्नु पर्ने निर्देशन गरेका छन् । उनले क्रान्तिकारी आन्दोलनको क्रममा आउन सक्ने कुनै पनि सम्भावनालाई चुम्न र पहल लिन समेत जोड दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा प्रस्तुत पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ, शिर्षकको दस्तावेज माथि केन्द्रीय सदस्यहरुले धारण राखेपछि एकमतले दस्तावेज पास गर्दै आगामी ६ महिनाका लागि राजनीतिक, वैचारिक, आर्थिक, संगठन, संघर्ष र प्रचारप्रसार सम्बन्धि आवधिक योजना निर्माणसहित बैठक सम्पन्न भएको हो।

बैठकले केन्द्रीय सदस्यहरुको भौगोलिक कार्यविभाजन र नवौँ महाधिवेशन पछि निर्माण गर्न बाँकी रहेका पार्टीका विभिन्न विभाग र संयन्त्रहरु समेत गठन गरेको जानकारी श्रोतले दिएको छ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ६ सदस्यीय स्थायी कमिटी सदस्यहरु मध्ये पार्टीको विदेश विभाग, अर्थ विभाग र पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रकाण्ड सीलाई जिम्मा दिएको छ भने सत्ता र जनपरिषदको जिम्मा विषम सी, प्रकाशन तथा प्रचार विभाग इन्चार्ज गोकुल सी, स्कुलिङ विभाग इन्चार्ज भरत सी र जनवर्गीय संगठन तथा मोर्चा इन्चार्ज शिलु सीलाई दिएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation