गृहमन्त्री लामिछानेको पद खारेज

बुटवल । सर्वोच्च अदातलले गृहमन्त्री रवि लामिछानेको सांसद खारेज गरेको छ । सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि अब उनि पदच्युत भएका छन ।

नेपालको मन्त्री हुनका लागि नेपाली नागरिक हुनुपर्छ । उनको नागरिकता नै नरहेको भन्ने भएपछि उनको मन्त्री पद स्वत जाने भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका लामिछाने पदच्युत भएका छन् ।

अमेरिकाको नागरिकता र पासपोर्ट परित्याग गरेपनि लामिछानेले नेपालमा नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका हुन् ।

सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासबाट आज यस्तो फैसला भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation