एजेन्सी। अमेरीकामा अस्वेत नागरिकमाथि प्रहरीले आपराधीक तरिकाले कुटेर फेरी एक काला नागरिकको हत्या गरेको छ । यस घटनाको संसारभरबाट विरोध सुरु भएको छ ।
निकोलस टायरी नामका एक काला युवालाई पाँच जना प्रहरी अधिकारीले मेम्पिसमा सडकमै ४ मिनेट कुटेर मारेको भिडियो सार्वजनिक भएको छ ।
प्रहरीले कुटपिट गर्दैगर्दा निकोलसले आफ्नो आमालाई पुकारी रहेका थिए । निकोलसको हत्यापछि अमेरीकामा व्यापक प्रदर्शन चर्किएको छ ।
लापरवाहीपूर्ण तरिकाले गाडी कुदाएको भन्दै ट्राफिकले रोकेपछि निकोलसमाथि प्रहरीले कुटपिट गर्न थालेको थियो । यद्यपि, उनले गाडी सही तरिकाले नै चलाएको प्रमाणि भएको थियो । त्यसका बाबजुद प्रहरीले कुटेर उनको हत्या गरिदियो । कुटपिटमा संलग्न प्रहरी अधिकारीहरुलाई हिरासतमा राखिएको छ ।
गत वर्ष काला नागरिक जर्ज फ्लोईडलाई पनि अमेरीकी प्रहरीले सडकमा घाँटीमा घुँडाले थिचेर हत्या गरेपछि संसारभर विरोध चर्किएको थियो ।
अमेरीकामा पछिल्लो समय काला नागरिकमाथि प्रहरीले नै ज्यादती मच्चाएको आरोप छ भने एसियाली मुलका मान्छेहरु माथि लगातार हत्या हिंसा बढीरहेको छ । अमेरीकामा रहने लाखौँ एसियाली मुलका नागरिकहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।