कालिकाको इकाई सम्मेलन सम्पन्न

बुटवल । बुटवल कालिका क्याम्पस, बुटवलको प्रथम इकाई सम्मेलन आज बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले माधव खनालको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस मूल इकाई समिति समेत निर्वाचित गरेको छ । 

सम्मेलनले विद्यार्थी हकहितका निम्ति एकताबद्ध संघर्ष गर्ने योजना पनि बनाएको छ । क्याम्पसमा हुने शुल्क वृद्धि, अनियमितता लगायत विरुद्ध संघर्ष गर्ने निर्णय सम्मेलनले गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय प्रतिनिधि तथा विद्यार्थीका पूर्व नेता विरेन्द्र सीले साम्राज्यवादले एमसिसी जस्ता परियोजना मार्फत नेपालमा दलालहरु खडा गरी अस्थिरता मच्चाउन खोजेको हुँदा सबै सचेत हुनुपर्ने बताए ।


अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समन्वय समितिका इन्चार्ज विज्ञान सीले वैज्ञानिक शिक्षाका निम्ति संगठित भएर संघर्ष गर्नुपर्ने बताए । श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिवालय सदस्य निशान सीले राजनीतिले नै समग्र नीतिको निर्धारण गर्ने हुँदा विद्यार्थीहरु राजनीतिमा अग्रसर हुनुपर्ने बताए ।

अखिल (क्रान्तिकारी)का रुपन्देही जिल्ला अध्यक्ष पदम पराजुलीले स्थानीयस्तरमा भइरहेको शैक्षिक वेथितिका विरुद्ध आफ्नो संगठनले संघर्ष गरिरहेको जानकारी दिए । कार्यक्रम माधव खनालको अध्यक्षता र लक्ष्मण भट्टराईको सञ्चालनमा सम्पन्न भयो । l

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation