मोर्चाको बिस्तारित बैठक सम्पन्न

परासी । श्रमिक समुदाय मोर्चा नेपाल, नवलपरासी जिल्लाको बिस्तारित बैठक आज परासीमा सम्पन्न भएको छ ।  बैठकले ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । अरुण सीको अध्यक्षतामा गठन गरिएको समितिले चैतसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी प्रताप सीले स्थानीय स्तरमा भइरहेको जातीय विभेदका विरुद्ध सशक्त संघर्षमा उत्रन सबैलाई निर्देशन दिए । अन्याय र उत्पीडनका विरुद्ध क्रान्ति नै अन्तिम विकल्प भएकोले एकीकृत जनक्रान्तिमा लामबद्ध हुनका निम्ति सबैलाई आग्रह गरे ।

बैठकका अतिथि मोर्चाका केन्द्रीय सदस्य रामपृत सीले उत्पीडन समुदायले निरन्तर संघर्ष गर्नुको विकल्प नरहेको बताए । नवलपरासी सुस्ता र प्रतापपुर इलाका इन्चार्ज लोकमान सीले दलाल संसदीय व्यवस्था खारेज गरेर मात्र सबैको मुक्ति हुने भएकोले अन्तिमसम्म लड्नका निम्ति तयार रहन सबैलाई आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation