आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न

आदर्शको ५२ औं बार्षिक उत्सव सम्पन्न
पाल्पा । श्री आदर्श आधारभूत विद्यालय, तिनाउ ३ पाल्पाको ५२औं ‘बार्षिक उत्सव तथा अभिभावक दिवस’ समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।  कार्यक्रममा विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु वितरण गरिएको छ । विद्यार्थीहरु बीचको विभिन्न  अतिरिक्त क्रियाकलाप, अभिभावकहरु बीचको रसितान लगायतका प्रतियोगिता, युवाहरू बीचको मैत्रीपूर्ण खेल, साँस्कृतिक प्रतियोगिता लगायतको विजयी पुरस्कार कार्यक्रममा प्रदान गरिएको छ ।


२०७३ माघ २३ गते सवारी दुर्घटनामा परी निधन भएका विद्यालय व्यवस्थापन समिति तत्कालीन मीनबहादुर थापा र सदस्य दानबहादुर सारुको सम्झनामा पूर्व शिक्षक एनबी निशानद्वारा स्थापना गरिएको ‘मीन-दान स्मृति अक्षयकोष’,बाट विपन्न जेहेन्दार ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

त्यसैगरि पूर्व विद्यार्थी निश्चल क्षेत्रीले आफ्ना बुवाआमाको सम्मानस्वरुप स्थापना गरिएको अक्षयकोषमार्फत विद्यालय वर्ष उत्कृष्ट विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको छ । पूर्व विद्यार्थी ओम बहादुर थापा अर्जुनले आफ्नी छोरीको जन्मोत्सवको अवसरमा स्थापना गरेको अक्षयकोषबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । २० वर्ष अगाडि स्थापना भएको स्थानीय शान्ति आमा समूहले विद्यालयलाई १४ हजार नगद सहयोग गरेका छन् ।

समारोहमा स्थानीय फूलबारी महिला समूह, शान्ति महिला समूह, देउराली महिला समूहले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका छन् । विद्यालयको तर्फबाट विद्यार्थीहरुले कार्यक्रमको बीचबीचमा विभिन्न रोचक प्रस्तुति प्रस्तुत गरेका छन् । कवि रुपसिंह विश्वकर्माले राष्ट्रवादी कविता प्रस्तुत गरेका छन् ।

विद्यालयका अध्यक्ष गुरु प्र शर्माको अध्यक्षता,  तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । अतिथिका रुपमा तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापा, वडा अध्यक्ष चित्रबहादुर थापा, कार्यपालिका सदस्य पम्फा थापा लगायत रहेका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षक प्रदीप तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation