मोर्चाको चौथो पूर्ण बैठक धरानमा सुरु

सुनसरी । श्रमिक समुदाय मोर्चा, नेपालको चौथो पूर्ण बैठक आजबाट सुनसरीको धरानमा सुरु भएको छ । मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा सुरु भएको बैठकमा देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले रिपोर्ट राख्ने काम गरिरहेका छन् ।

विप्लव नेतृत्वको नेकपा निकट मोर्चाले जारी बैठकबाट छुवाछूत र विभेद विरुद्ध संघर्षका महत्त्वपूर्ण निर्णयहरु गर्ने अनुमान गरिएको छ । बैठकका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य दिपेश सी.ले बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

बैठकलाई मोर्चाका महासचिव त्रिलोचन सी.ले सञ्चालन गरेका छन् । बैठक ४ गते सम्पन्न हुने कुरा मोर्चाका केन्द्रीय सचिव उमेश सी. ले बताए । बैठकबाट मोर्चाको कार्यविभाजन र जिम्मेवारीहरु हेरफेर हुने समेत बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation