जनयुद्धको नेतृत्व गरेका नेताहरू नै दलाल व्यवस्थाको नेतृत्व गर्ने ठाउँमा पुग्नु दु:खद : शिलु

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य शिलु सी ले बिगतमा जनयुद्धको नेतृत्व गरेको शक्ति र व्यक्ति नै अहिले दलाल पुजिवादी सत्ताको नेतृत्व गर्न पुग्नु क्रान्तिका लागि दु:खद बिषय भएको बताएकि छ्न।सोमबार काठमाडौको कपुरधारा स्थित आयोजित २८ औं जनयुद्ध दिवसको सन्दर्भमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौ अन्तर्गत महानगर समितिद्वारा आयोजित कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य एबम उपत्यका ब्युरो इन्चार्ज कृति सी, बरिस्ठ अधिबक्ता एकराज भन्डारी, सहिद परिवार समाज नेपाल कि अध्यक्ष खुमा सी, युवा संगठन नेपालका अध्यक्ष पाटन सी लगातका नेताहरुको सहभागिता रहेको बताइएको छ।

नेकपा केन्द्रिय सदस्य राजेन्द्र सी को अध्यक्षतामा भएको कार्यक्रममा जनयुद्धको ऐतिहासिकता र सान्दर्भिकताबारे चर्चा गर्दै एकआपसमा शुभकामना आदनप्रदान गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 आवाज पोस्ट All right reserved Site By : Himal Creation