श्रमिक समुदाय मोर्चाले गर्‍यो निर्णय सार्वजनिक

सुनसरी । नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिले चौथो पूर्ण बैठकको निर्णय आज सार्वजनिक गरेको छ । सुनसरीको धरानमा आयोजित पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गरिएको हो ।

सुनसरीका स्थानीय पत्रकारहरुसंग मोर्चाका अध्यक्ष रामलाल सी लगायत पदाधिकारीहरु भेटघाट गरी फागुन ३ र ४ गते बसेको मोर्चाको चौथो केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ ।

मोर्चाले राजनैनिक, सांगठनिक र संघर्षका कार्यक्रमहरु देशभर अभियानात्मक रुपमा सञ्चालन गर्ने अध्यक्ष रामलाल सी ले जानकारी दिएका छन् । विशेषगरी विभेद र छुवाछूत विरुद्ध सशक्त संघर्ष गर्ने मोर्चाले जनाएको छ ।मोर्चाको सूचना तथा प्रकाशन विभागको संयोजनमा उक्त भेटघाट कार्यक्रम गरिएको हो । प्रेस विज्ञप्ती यस्तो छ :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation