प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने मञ्चको निर्णय

भारत। प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने अखिल भारत नेपाली एकता मञ्चले निर्णय गरेको छ । अखिल भारत नेपाल एकता मञ्च, महाराष्ट्र राज्यद्वारा संचालित औरंगावाद नगर समितीको राजनीतिक वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममार्फत यस्तो निर्णय गरेको हो ।

रोजगारीको सिलसिलामा प्रवासमा रहेका लाखौं नेपालीहरुका समस्याहरु समधान गर्ने विषयमा उक्त कार्यक्रममा व्यापक छलफल गरिएको छ । नेपाल सरकारले गर्न नसकेको कार्य मञ्चको तर्फबाट गर्न लागिएकोले सबै एकताबद्ध भएर लाग्न अखिल भारत नेपाल एकता मञ्चका  केन्द्रीय महासचिव चक्र बहादुर मलातीले उक्त कार्यक्रममा सबै कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उक्त कार्यक्रमको विशिस्ट अथितिको रूपमा बोल्दै  केन्द्रीय उप- महासचिव माेहन देवकरले नेपालमा मात्र हैन नेपालीका धेरै समस्या भारतमा पनि रहेकाले कुन तहतप्काबाट समाधान गर्न सकिन्छ त्यसको लागि के कति कसरी लाग्नु पर्ने जस्को लागि एकजुट भई सकृय भयर लाग्न आग्रह गरेका छन् । धेरै नेपाली दिदिबहिनीहरूको उद्धार गर्न लागि रहेको र गरिरहेको देवकरले बताएका छन ।

कार्यक्रममा अतिथिको रूपमा सम्बोधन राख्दै महाराष्ट्र राज्य अध्यक्ष कृष्ण रावलले महाराष्ट्र राज्यमा पनि नेपालीहरूले रोजगारी नपाएर विचल्ली भईरहेकोले मञ्चले आवश्यक पहल गरिरहेको बताएका छन ।

पूर्व जनमुक्ति सेना, महाराष्ट्र राज्य उपाध्यक्ष  डबल वि.क.ले नेपाल गरिब  हुनुको प्रमुख कारण नेपालको घिनलाग्दो राजनिती भएको बताए । दशवर्ष जनयुद्ध समाज परिवर्तन गर्न, देशलाई समृद्धि बनाउन , सुशासन तथा असल नेतृत्व गर्नका लागि आफू पनि जनयुद्ध लडेको तर जनताले चाहे जस्तो शासन नआएकोले निरन्तर क्रान्ति गर्नुको विकल्प नरहेको बताए । देशमा प्रजातन्त्र ,लोकतान्त्र ,गणतन्त्र आयो त केवल शासकका आसेपासलेलाई मात्र जनयुद्ध फलिफास भएको बिकले बताएका छन् । गणतन्त्र ल्याउन १७ हजार नेपालीले ज्यान गुमायको तर सहिद परिवारहरूलाई राज्यले जुन सेवासुविधा तथा सम्मान गर्नु पर्ने हो त्यो दिन नसकेको उनले गुनासो गरेका छन ।
कार्यक्रममा राज्य सदस्य खेम वि.क,  मान सिंह सुनार, गाेबिन्द जाेशी, किशाेर थापा, मीन बहादुर बि क लगाएतको अतिथिको रूपमा उपस्थिति रहेको थियो । विशाल सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation