प्रजातन्त्रको अवसरमा वृक्षारोपण

डोटी। प्रजातन्त्र दिवसको अवसरमा डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त पालिका अन्तरगतको १ नम्बर वडा कार्यालयले सो कार्यक्रम गरेको हो ।

१ नम्बर वडाको छिडिखाना , सिमाचाैर क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरी ७३औं प्रजातन्त्र दिवस मनाएको छ । आफ्नो गाँउ आफ्नो वडा हरियाली बनाउने उदेश्यले उक्त वडाले वृक्षारोपण कार्यक्रम गरी दिवस मनाएको कुरा वडा अध्यक्ष खेम घर्ती मगरले बताए ।

देशमा  प्रजातन्त्र हुँदै गणतन्त्र आयो तर देशको  समस्या जिउँका त्युँ रहेको मगरले बताएका छन् । देशमा आमूल परिवर्तनका लागि जीवन आहुति दिएका सहिदहरूलाई सबै उच्च सम्मान र स्मरण गर्नुपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष मगरले कार्यक्रममा मन्तव्यद्वारा श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले ७ गते दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation