दलाल पुँजिवाद विरुद्ध विजयी हुने निश्चित – विरही

चितवन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार विभाग इन्चार्ज अनिल सी विरहीले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासन लगाएत राज्यका सबै अङ्गहरुमा दलाल पुँजिवादको प्रवेश भएको र त्यसले समग्र देश र जनताको विकास प्रक्रियामा अवरोध पुर्याएकोले त्यो अन्तर विरोधलाई हल गर्नेगरि राजनीतिक, वैचारिक कार्यक्रम नेकपाले अङ्गिकार गरेकोले दलाल पुजीवाद बिरोधी क्रान्तिको विजय अनिवार्य रहेको बताएका छन। जनपत्रकार संगठन नेपालको तेस्रो पुर्ण बैठकमा प्रशिक्षण मन्तव्य राख्ने क्रममा नेता विरहीले यस्तो धारणा व्यक्त गरेका हुन ।

चितवनको माडीमा सोमबार सम्पन्न बैठकमा विरहीले देशको समस्याको मुख्य कारक दलाल पुजिवाद हो।दलाल पुजिवादले हाम्रो कृषि , उध्धोग, र राजनीति नियन्त्रण गरेको छ।शिक्षा , स्वास्थ लगाएत समग्र जीवनस्तर संकटपुर्ण बन्दै गएका छ। यो समस्यालाई हल गर्न नै हाम्रो पार्टी, विचार र राजनिति हो।यो समाजविकासको अनिवार्य आवश्यकता हो। यसलाई हामीले पनि समाधान दिने गरि अगाडि जान सकेनौं भने दलाल पुजीवाद विरोधी क्रान्तिको नेतृत्व गर्न अरु कुनै शक्ति जन्मिन्छ, यो अनिवार्य भएको उल्लेख गरे।

नेपाल कम्युनिस्ट पार्टी र एकीकृत क्रान्ति दलाल पुँजिवाद विरुद्ध कसरी विजयी हुन्छ भन्ने विषयमा प्रष्ट पार्दै नेता बिरहिले भने-” कुनै पार्टी , विचार र कार्यक्रम समाज विकासको अनुकुल छ भने त्यसको विकास हुन्छ , त्यस्तो शक्ति अहिले कमजोर र सानो भए पनि त्यो अनिवार्य विजयी हुन्छ।एकदिन शक्तिशाली भएरै जान्छ। हिजो जनयुद्ध पनि त्यसरी नै सानोबाट ठुलो हुदै विकसित र शक्तिशाली भएको हो।तर कुनै शक्ति समाज विकासको नियमको प्रतिकुल छ भने त्यो अहिले शक्तिशाली र ठुलो जस्तो देखिए पनि त्यसको विघटन , पराजय र विनास अनिवार्य हुन्छ।समाज विकासको इतिहास यसरी नै बिकास भएर आएको हो। त्यसैले हामीले दलाल पुजिवाद विरुद्ध समाजवादको लक्ष्य लिएका छौं ।”

जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरवहादुर विश्वकर्माको अध्यक्षतामा भएको तेस्रो बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी र संगठनका सल्लाहकार अध्यक्ष राजेन्द्र चिमौरियाले समेत प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation