बाँके । श्रमिक समुदाय मोर्चा नेपाल, दक्षिण कर्णाली ब्युरोको बैठक शुक्रवार नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकमा जाजरकोट, बर्दिया, बाँके जिल्लाबाट ब्युरो सदस्यहरु सहभागी भएका छन् ।
बैठकले असारसम्मका लागि अभियान तय गरेको छ । अभियानका क्रममा जातीय विभेद विरुद्ध संघर्ष सम्बन्धि कामलाई तीव्रता दिने बताइएको छ ।
मोर्चा ब्युरो संयोजक ध्रविन्द्र सी.को अध्यक्षता र नेकपा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सी. को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भयो ।