सुनसरीमा विरोध प्रदर्शन सम्पन्न

सुनसरीमा विरोध प्रदर्शन सम्पन्
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी सुनसरीले आज इटहरीमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो महङ्गी, भ्रष्टाचार, बैंक (वित्तीय संस्था) को चर्को ब्याजदर, लघुवित्तको ज्यादती र मिटरब्याजी आतङ्कका विरुद्ध प्रदर्शन गरिएको नेकपा, इटहरी नगर इन्चार्ज जीवन  सी. ले जानकारी दिए ।

कार्यक्रममा नेकपा, सुनसरी जिल्ला सेक्रेटरी सुरेश सी. ले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा आर्थिक क्षेत्रमा भइरहेको अराजकता र बेथितिका विरुद्ध राज्य मौन भएका कारण संघर्ष गर्नुपरेको उनले बताए । वित्तीय संस्थाहरुको चर्को ब्याज आतङ्क र मिटरब्याजीका कारण सर्वसाधारण नागरिकको उठिबास भइरहेकोले संघर्षको विकल्प नरहेको उनले बताए ।

एकीकृत जनक्रान्तिमार्फत दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गरेर मात्रै देश र जनताको मुक्ति हुने भएकोले एकीकृत जनक्रान्तिमा लामबद्ध हुन पनि सेक्रेटरी सी. ले सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई नेकपा निकट श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य निशान सी. ले सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय युवा, महिला, मिटरब्याज एवम् लघुवित्त पीडित लगायत जनसमुदायको सहभागिता रह्यो ।

विप्लव नेतृत्वको नेकपाले देशभर विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । नेकपाले बढ्दो महङ्गी, भ्रष्टाचार, चर्को ब्याजदर, लघुवित्तको ज्यादती र मिटरब्याजी आतंकका विरुद्ध अभियान कै रुपमा आन्दोलनका कार्यक्रम अगाडि बढाई रहेको छ । साथै आर्थिक क्षेत्रमा फस्टाइरहेको अराजकतालाई समाधान गर्नतर्फ राज्यले ध्यान नदिए थप संघर्षका कार्यक्रम अगाडि बढाउने नेकपा पोलिट ब्युरो सदस्य सुमन सी. ले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation