आन्दोलनमा श्रमिक समुदायको उच्च भुमिका – विकिरण

बाग्लुङ । नेकपा निकट श्रमिक समुदाय मोर्चा धौलागिरी ब्यूरोको प्रथम बैठक आइतबार सम्पन्न भएको छ । बाग्लुङ बजारस्थित सुनचाँदी व्यवसायी संघको कार्यालय हलमा बैठक भएको हो । बैठकमा नेकपा केन्द्रीय समिति सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सी को प्रमुख आतिथ्यता रह्यो ।

परिवर्तनका हरेक आन्दोलनमा श्रमिक समुदायको उच्च भुमिका हुदैआएको ब्यूरो इन्चार्ज विकिरण को जिकिर छ । जातीय छुवाछूत तथा विभेदका विरुद्ध मोर्चाले संघर्ष गर्ने लगायत अन्य महत्त्वपूर्ण निर्णय गरेको कुरा मोर्चाका केन्द्रीय सचिव तथा धौलागिरी ब्यूरो इन्चार्ज उमेश सी ले जानकारी दिएका छन ।

कार्यक्रम को अध्यक्षता मोर्चाका धौलागिरी ब्यूरो संयोजक राम सी ले गरेका थिए भने विद्यार्थी नेताधौलागिरी ब्यूरो इन्चार्ज लक्ष्मण सी, मोर्चा सचिवालय सदस्य कुमार सी बाग्लुङ नगर इन्चार्ज ,महेन्द्र सी बाग्लुङ जिल्ला सेक्रेटरी क्रान्ति सी लगायत को उपस्थिति रहेको थियो ।बैठक मा बाग्लुङ ,म्याग्दी र मुस्ताङ जिल्ला बाट सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 आवाज पोस्ट All right reserved Site By : Himal Creation