माओवादीका पूर्व युवा नेता नेकपामा समाहित

काठमाण्डौ । माओवादीका पुर्व राज्य कमिटी सदस्य एवं युवा नेता डायमण्डराज पुरुष आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । सुर्खेत निवासी पुरुषलाई आज काठमाण्डाैकाे बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव विप्लवले स्वागत गरेका हुन् ।


सशस्त्र प्रहरीबाट २०६४ सालमा विद्रोह गरी माओवादीमा समाहित भएका पुरुषले प्रचण्ड नेतृत्वको माओवादी पार्टी र कार्यदिशाप्रति असहमति जनाउँदै आएका थिए । उनी लामो समयदेखि स्वतन्त्र रहँदै आएका थिए ।

विगत ५ वर्ष देखि पुरुषले नेकपाको एकीकृत जनक्रान्तिलाई नजिकबाट नियाली रहेका थिए ।  पुरुषले नेकपाको नेतृत्व र कार्यदिशाले मात्रै वर्तमान देश र जनताको समस्या समाधान गर्न सक्ने निष्कर्ष सहित पार्टी प्रवेश गरेको कुरा बताएका छन् ।

महासचिव विप्लवले देशको वर्तमान समस्या समाधान गर्न र वैज्ञानिक समाजवाद स्थापना गर्नका निम्ति सम्पूर्ण क्रान्तिकारी, कम्युनिस्ट, देशभक्त एवं प्रगतिशील लोकतान्त्रिक शक्तिहरु एक भएर संघर्ष गर्नुपर्ने आवश्यकता भएकाले यस अभियानमा उहाँको महत्त्वपूर्ण भूमिका हुने भन्दै डायमण्डलाई स्वागत गरेका हुन् ।

सो कार्यक्रममा पार्टी स्थायी समिति सदस्य शिलु सी र पार्टी केन्द्रीय सदस्यहरु क. रामलाल सी, अडिग र क. नरेन्द्र लगायतका कमरेडहरुको उपस्थिति रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation