धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी

बागलुङ  फर्जी परिचयपत्र भेटिएको भनी धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जी परिचयपत्र भेटिएको भन्दै विद्यालय संगठनहरुद्वारा तालाबन्दी गरिएको हो । सहायक क्याम्पस प्रमुखको हस्ताक्षर सहित फर्जी परिपत्रपत्र जारी गरिएको बताइएको छ ।

अनेरास्ववियुका धवलागिरी बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरि बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमतका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारी विप्लवका इकाइ अध्यक्ष सुदन विक र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाले एक संयुक्त वक्तव्यमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ । वक्तव्यमा फर्जी काम गर्नेलाई कार्वाहीको माग गरिएको छ ।

विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरु निर्वाचनलाई प्रभाव पार्ने गरी अवाञ्छित गतिविधिहरुमा संग्लन्न भएको कुरा वक्तव्यमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जी परिचयपत्रको छानविन गरी असम्बन्धित विद्यार्थीहरुलाई मतदाता सूचिबाट हटाउनुपर्ने माग गरिएको छ । क्याम्पस प्रशासनले निर्वाचन प्रयोजनका लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नुपर्ने अखिल क्रान्तिकारी धवलागिरि बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल विकासले बताए ।

विद्यार्थी संगठनहरुले राखेका विभिन्न मागहरुको विषयमा शुक्रबार बैठक बसी समाधान खोजिने बताइएको छ । निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने कार्यक्रम रहेको र त्यसको लागि सबैको सहयोग आवश्यक भएको कुरा क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले जानकारी गराए । शुक्रबार निर्वाचन समितिले मनोनयनको फर्म वितरण गर्ने कार्यतालिका रहेको छ । फागुन २७ गते शनिबार उम्मेदवारी दर्ता र चैत्र ५ गते मतदानको कार्यक्रम रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation