प्रभासको ‘राधे श्याम’ शुक्रबारदेखि अमेजन प्राइममा

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेग्डे अभिनित फिल्म‘राधे श्याम’ले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ । गत मार्च ११ देखि सिनेमा हलमा प्रदर्शन भएको यो फिल्मले बक्स अफिसमा सोचेजति सफलता हात पार्न सकेन ।राधाकृष्ण कुमार निर्देशित ‘राधे श्याम’ अब ओटीटी प्लेटफर्म रिलिज हुने भएको छ । अप्रिल १ अर्थात् शुक्रबारदेखि यो फिल्म अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मूलतः तेलुगू भाषामा बनेको यो फिल्मको डब भर्सन हिन्दी, तमिल, कन्नड र मलयालम भाषमा पनि उपलब्ध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 आवाज पोस्ट All right reserved Site By : Himal Creation